पोखरा । सवारी चालक अनुमति पत्रका लागि यातायात व्यवस्था कार्यालयमा ट्रायल दिदा बाइक स्कुटर निशुल्क भएको छ । यातायाता व्यवस्था बिभाग सवारीचालक अनुमति पत्र लिदा दिनुपर्ने प्रयोगात्मक परिक्षामा यस अघि निश्चित शुल्क तिर्नुपर्ने व्यवस्था रहेको थियो ।
त्यसैगरि अन्य सवारीसाधनमा पनि यस अघि लाग्दै आएको शुल्कमा व्यापक कटौती भएको कार्यालय प्रमुख मिलन केसीले जानकारी दिए । बिगतमा ट्रायल दिन कार प्रयोग गरेबापत ३०० सय रुपैयाँ शुल्क तिनुपर्ने थियो भने अबदेखि २४ रुपैयाँ मात्रै शुल्क तिरेर ट्रायलका लागि कार प्रयोग गर्न सकिने भएको छ । त्यसैगरि अब देखि निजि सवारीसाधनले पनि ट्रायल परिक्षामा सहभागी हुन पाउने व्यवस्था गरिएको छ । चारपाङग्रे जिप, कार, डेलिभरी भ्यानका लागि पहिला ३ सय रुपैयाँ तिर्नुपर्नेमा २४ रुपैयाँ मात्र शुल्क लिन सुरु भएपछि ट्रायल दिने सर्वसाधरणलाई धेरै राहत हुने कार्यालयले बताएको छ ।
ट्रायल दिने क्रममा बसका लागि ७ सय रुपैयाँ लिने गरिएकोमा १ सय ८९ रुपैयाँ, मिनीबसका लागि पहिला ६ सय रुपैयाँ लिने गरिएको अब १ सय २४ रुपैयाँ र ट्याक्टरका लागि ५ सय रुपैयाँ लिने गरिएकोमा अब ८९ रुपैयाँ शुल्क लाग्ने केसीले जानकारी दिए । यस अगाडि पुराना मोडलका गाडीहरुबाट ट्रायल दिनुपर्ने बाध्यता अब हट्ने उनले बताए ।
युरो मापदण्डका २०१९ मोडलका गाडीहरु ट्रायलमा राखिने ट्रायल व्यवस्थापनको जिम्मेवारी पाएको सनराईज ड्राईभिङ् स्कुलका अध्यक्ष बशन्त भट्टचनले जानकारी दिए । उनका अनुसार पावर स्टेरिङ, एसि, पावर विन्डोज, एबिएस एण्ड इबिडी सिस्टम, एयर व्याग, ८ सय सिसी क्षमताको इन्जिन, ग्राउण्ड किलियरेन्स १ सय ८५ सिसी, व्याक सेन्सर लगायतका विशेषता भएका गाडीहरु ट्रायलमा राखिएको छ । साथै आफ्नै सवारी साधन हुने ले आफ्नै बाट दिन सक्नेछन् । यो व्यवस्थापछि सवारीचालक अनुमति पत्रका लागि सेवाग्राहीलाई राहत मिलेको अध्यक्ष भट्टचनले बताए ।