पोखरा। प्रेस सेन्टर नेपाल जिल्ला समिति कास्कीको छैटौँ अधिवेशन यही पुस २७ गते पोखरामा हुनु भएको छ ।
जिल्ला अध्यक्ष कृष्ण दवाडीको अध्यक्षतामा बसेको बैठकले आसन्न अधिवेशन भव्य रुपमा सम्पन्न गर्ने गरी विभिन्न उपसमितिहरु समेत गठन गरी जिम्मेवारी समेत तय गरेको छ । प्रेस सेन्टरको केन्द्रीय महाधिवेशन स्थापना दिवसका अवसरमा माघ १५ गते हुँदैछ । त्यसअघि शाखा, जिल्ला र प्रदेश अधिवेशनहरु सम्पन्न हुने बताइएको छ ।
कास्कीको अधिवेशन सम्पन्न गर्नका लागि अध्यक्ष दवाडीको संयोजकत्वमा कार्यसमितिका पदाधिकारी र सदस्यहरु रहेको मूल व्यवस्थापन समिति गठन गरिएको छ । यसैगरी उपाध्यक्ष दीननाथ बरालको संयोजकत्वमा सदस्यता नविकरण तथा अभिलेखिकरण उप समिति गठन गरिएको छ । यस उपसमितिमा सहसचिव सुरेशराज अधिकारी र कविता घर्तिमगर सदस्य रहेका छन् । उपाध्यक्ष शोभा बरालको संयोजकत्वमा सदस्यहरु सबिना राना र सन्तोष परियार रहेको अतिथि सत्कार उपसमिति गठन गरिएको छ ।
सचिव पुष्प दाहालको संयोजकत्वमा प्रचारप्रसार उपसमिति गठन गरिएको छ । यस उपसमितिको सदस्यहरुमा वलराम तिमिल्सिना र अर्जुन हिताङ रहेका छन् । कोषाध्यक्ष श्रीभद्र पौडेलको संयोजकत्वमा आर्थिक ब्यवस्थापन उपसमिति, संगठन गरिएको सो समितिमा रहेका छन् । आर्थिक उपसमितिमा शिवराज बस्ताकोटी, सरोज अधिकारी, रवि दाहाल र खगेन्द्र अर्याल सदस्य रहेका छन् । बैठकले अधिवेशन सम्पन्न गर्नका लागि अग्रज पत्रकार विश्वप्रकाश लामिछानेको संयोजकत्वमा गोमा घिमिरे र अधिवक्ता गोविन्द पौडेल रहेको तीन सदस्सीय निर्वाचन समिति गठन गरिएको छ ।