दर्शन फाउण्डेशनको आयोजनामा माछापुच्छ«े गाउँपालिका ४ लाहाचोकमा भएको निशुल्क महिला स्वाथ्स्य परिक्षण सम्मपन्न भएको छ ।
पोखरा नर्सिङ क्याम्पसको सह आयोजनामा १ सय ३० जना महिलाले उक्त स्वास्थ्य परिक्षण गराएको दर्शन फाउण्डेशनका अध्यक्ष प्रितम बहादुर सेनले जानकारी दिए ।
भिआइए पोजेटी १ जना, भिआइए संभावित २ जनामा देखिएको छ । आङ खसेको समस्या ३ जनामा देखिएको छ । अन्य विभिन्न समस्या देखिएको ६६ जनाको औषधी वितरण गरिएको छ । शिविर १२ प्रकारका ओषधी निशुल्क वितरण गरिएको थियो ।
उक्त कार्याक्रमको उदघाटन गर्दे माछापुच्छ«े गाउँपालिका अध्यक्ष मिन बहादुर गुरुङले फाउण्डेशनले समाजमा राम्रो काम गर्दै आईरहेको बताए । उनले सबैले बेला बेलामा स्वास्थ्य परिक्षण गर्नुपर्ने खाँचो रहेको बताए ।
माछापुच्छ«े गाउँपालिका उपाध्यक्ष सिता अधिकारीले आगामी दिनमा नि यस्तै कार्याक्रम लिएर सामाजमा सकरात्मक काम गर्न शुभकामना दिईन् ।