पोखरा ।
पुस १ गतेदेखि सुरु भएको अन्तर व्यवस्थापिका सम्मेलन बुधबार सकिएको छ । सम्मेलनले प्रदेश अनि संघीय सभामुख र राष्ट्रिय सभाका अध्यक्ष समेत सामेल भएर अन्तर व्यवस्थापिका मञ्च गठन गरिएको छ । सम्मेलनमा संघीय संसद अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभा तथा प्रदेश सभाका पदाधिकारीको सहभागिता रहेको थियो।
सम्मेलनमा कार्यान्वयन नभएका पुराना प्रतिवद्धता एवं घोषणाहरुको कार्यान्वयन गरिने अठोट गरिएको छ । त्यस्सै मञ्चको १० औं सम्मेलनबाट ७ बुँदे पोखरा घोषणापत्र जारी गर्दै बुधबार सकिएको छ ।