काठमाडौं । मंसिर महिनामा घर जग्गाको कारोबारबाट राजश्व संकलनमा बृद्धि भएको छ ।
गत कात्तिकमा घर जग्गाको कारोबारबाट दुई अर्ब ७० करोड ४० लाख ४६ हजार ६ सय ४५ बराबरको राजश्व संकलन भएकामा मंसिरमा तीन अर्ब ८७ करोड ४८ लाख २६ हजार नौ सय ७६ बराबर संकलन भएको हो । मंसिरमा देशभर ४३ हजार तीन सय ७९ संख्यामा घरजग्गा कारोबार भएको भूमि व्यवस्था तथा अभिलेख विभागले जनाएको छ । यस्तै, गत कात्तिकमा देशभर ३३ हजार पाँच सय १४ संख्यामा घरजग्गा कारोबार भएको थियो ।