पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले ५१ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ ।
कास्की प्रहरीले गत मंसिर १ देखि ३० गतेसम्म जिल्ला अदालत कास्कीबाट विभिन्न मुद्धामा फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका ५१ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ । प्रहरीका अनुसार चेक अनादार मुद्धामा ३३ जना, बैंकिङ कसुर मुद्धामा ६ जना, लागूऔषध सम्बन्धी मुद्धामा ३ जना, चोरी सम्बन्धी मुद्धा, बैंकिङ कसुर मुद्धा, लेनदेन बिगो मुद्धामा २/२ जना, बालबालिका विरुद्धको कसूर, बाल यौन दुरुपयोग मुद्धा र सवारी ज्यान सम्बन्धी मुद्धामा १/१ जना रहेका छन् ।
फैसला कार्यान्वयन गर्नका लागि प्रतिवादीहरुलाई अदालतमा बुझाएको र प्रतिवादीहरुलाई ८ वर्ष ९ महिना ४ दिन कैद सजाय र ६१ लाख २३ हजार ६ सय रुपैयाँ जरिवाना असुल गर्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक एवम् सूचना अधिकारी बसन्त कुमार शर्माले जानकारी दिए ।