Skip to content

११ सिनेमा हललाई बोर्डको पत्र, उल्लंघन गरे हल इजाजतपत्र खारेज हुने

पोखरा । चलचित्र विकास बोर्डले प्रदर्शनको नियम उल्लंघन गर्दै संचालन भैरहेका ११ हललाई कानूनी दायरामा ल्याउन आग्रह गर्दै केही जिल्ला प्रशासन र आन्तरिक राजस्व कार्यालयहरूलाई पत्र लेखेको छ ।

ती जिल्लास्थित ११ हल लामो समयदेखि इजाजतपत्र नवीकरण नभैकन संचालन भएको, चलचित्र विकास शुल्क नतिरेको र कतिपयले प्रदर्शन इजाजत पनि नलिएको बोर्डले पत्रमा उल्लेख गरेको छ । बोर्डले हलहरूको नामै तोकेर सोमबार पत्र काटेको पोखरेली पत्रकार माझ बोर्डका अध्यक्ष दिनेश डिसीले जानकारी दिए । मोरङ, रुपन्देही, मकवानपुर, सर्लाही, बारा, सुर्खेत र धनकुटास्थित जिल्ला प्रशासन कार्यालय र त्यहाँका राजस्व कार्यालयहरूलाई पत्र लेखिएको छ ।

डिसीका अनुसार हलहरुले अटेरी गरेर कानूनी दायरामा आउन आनकानी गरे बिक्री गरेको टिकटभन्दा दोब्बर जरिवाना तिराउनेदेखि हलमा प्रदर्शन रोक्ने, इजाजतपत्र खारेज हुने र सम्बन्धित व्यक्तिको नामबाट जिन्दगीभर हल खोल्न नपाइने पनि हुन सक्छ ।

यसअघि सूचना जारी गर्दा १२ हलले नवीकरण गरिसकेको डिसीले जानकारी दिए । अध्यक्ष डीसी यतिबेला स्वयम त्यस्ता हलहरुको अनुगमन गर्न ब्यस्त छन् । उनले पोखरा, बेनी लगायतका ठाउँका हल पुगेर निरिक्षण समेत गरेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Wordpress Social Share Plugin powered by Ultimatelysocial
0
Would love your thoughts, please comment.x
()
x