Skip to content

पन्चासे भन्ज्याङमा हाई अल्टिच्युड खेल मैदान

पोखरा । पोखरा महानगरपालिका वडा नं२३ पन्चासे भन्ज्याङमा हाई अल्टिच्युड खेलमैदानको उद्घाटन गरिएको छ । समुन्द्र सतहदेखि २ हजार ६५ मिटरको उचाइमा निर्माण गरिएको उक्त मैदानको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरेका छन् ।

सो अवसरमा पन्चासेलाई जैविक विविधता र धार्मिक तथा पर्यटनको हबका रूपमा विकास गरिने मेयर आचार्यले बताए । पञ्चासे क्षेत्र फेवातालको प्रमुख जलाधार क्षेत्र रहेको उल्लेख गर्दै आचार्य यसको प्राकृतिक तथा जैविक अवस्थामा असर नपर्ने गरी विकास गर्न विभिन्न विकास साझेदारहरूसँग सहकार्य गरिरहेको बताए ।

पन्चासे पुग्नलाई सुविधा सम्पन्न सडक निर्माणको प्रक्रिया अगाडी बढिसकेको उनले बताए । घाँटीछिना हुँदै भन्ज्याङ र हर्पन हुँदै भन्ज्याङसम्म पुग्ने सडकको ट्र्याक खोलिसकिएको र नाला समेत निर्माण भइरहेकाले यो सडक सङ्घ, प्रदेश र महानगरपालिकाको समेत लागतमा निर्माण भइरहेको मेयर आचार्यले जानकारी दिए ।

‘‘भन्ज्याङसम्म पुग्ने सडक कालोपत्रेका लागि दिगो पर्यटन विकास अन्तरगत एसियाली विकास बैंकसँग साझेदारी गरिएको र त्यहाँबाट पञ्चासेसम्म पुग्नका लागि भने सुविधायुक्त सिँढी बाटो निर्माण तथा मर्मत गरिनेछ,’’ उनले भने । पन्चासे क्षेत्र विश्व मै धेरै प्रजातिका अर्किडहरु पाइने स्थान भएकाले यसको संरक्षण तथा विकासका लागि महानगरपालिका प्रतिबद्ध रहेको मेयर आचार्यले बताए ।

भन्ज्याङमा निर्माण गरिएको खेलमैदान पोखरा महानगरपालिकाको २५ लाख, गण्डकी प्रदेश सरकारको ५ लाख, आदर्श क्लबको ३ लाख ७५ हजार र स्थानीय भक्त बहादुर गुरुङको ८० हजार लागतमा निर्माण भएको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Wordpress Social Share Plugin powered by Ultimatelysocial
0
Would love your thoughts, please comment.x
()
x