काठमाडौं । इन्डियन नेशनल कांग्रेसकी प्रियंका गान्धीले बिहीबार लोकसभा सदस्यको शपथ लिएकी छन् । बिहीबार सदन पुगेकी गान्धीले हातमा संविधानको रातो रङको प्रतिलिपि लिएर शपथ लिएकी हुन् ।
हालै भएको लोकसभा उपचुनावमा उनले केरलाको वायनाड सिटबाट जित हासिल गरेकी थिइन् । प्रियंका गान्धीले पहिलो पटक चुनाव लडेकी हुन् । कांग्रेसका पूर्व अध्यक्ष राहुल गान्धीको राजीनामापछि यो सिट खाली भएको थियो ।