Skip to content

अन्तर्राष्ट्रिय उडान नियमित गर

२ वर्षअघि भव्य समारोह बिच उद्घाटन भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित रुपमा अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन् । करिब २६ अर्ब लागतमा निर्माण भएको यो विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान अवतरण नहुँदा पोखरेली व्यवसायीहरु अति नै निराश छन् । केही दिन अघि गण्डकी प्रदेशका पर्यटन मन्त्री सहितको नेतृत्वमा एक टोली काठमाडौं पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटी अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न आग्रह गरेका थिए ।

जुन उद्देश्यले अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण भयो, सोही उपयोग हुन नसक्दा यहाँका व्यवसायीहरुमा खिन्नता देखिएको छ । त्यसमा पनि ठूलो बजेट खर्चेर बनाएको तथा पोखरेलीको ठूलो आशा र भरोशा रहेको विमानस्थल उपयोगविहीन बनेको छ । यो विमानस्थलसँगसँगै जस्तो बनेको भैरहवाको गौतमबुद्ध विमानस्थल भने सरकारको केही प्रयास बाबजुद सञ्चालनमा आएको छ ।

आन्तरिक उडानमा मात्र सिमित विमानस्थलबाट हालसम्म अन्तर्राष्ट्रिय उडानका ८ वटा चार्टर फ्लाइट भएका छन् । गत वर्ष ६ असारमा चीनको सिचुवान एयरलाइन्सको एयरबस–३१९ पोखरा विमानस्थलमा अवतरण भएको थियो । यो नै पहिलो अन्तर्राष्ट्रिय उडान हो । त्यसबेला विमानस्थलमा भव्य समारोह आयोजना गरिएको थियो । पोखराको विकास र पर्यटक बढाउन अन्तर्राष्ट्रिय उडान अनिवार्य छ । पोखरालाई पर्यटनको राजधानी घोषणा गरिएको छ तर आन्तरिक उडान बाहेक हुन सकेको छैन । पोखरा र समग्र गण्डकीकै विकासका लागि यो विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान आवश्यक छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल राम्रोसँग सञ्चालन गर्न सकियो भने पर्यटन क्षेत्रलगायत यसै भेगका धेरै उद्योग व्यवसाय चलायमान हुने थिए । त्यही रुपमा रोजगारी वृद्धि तथा उत्पादनसमेत वृद्धि हुने थियो । विविधताले धनी गण्डकी प्रदेशको सँस्कृति संरक्षणमा टेवा पुग्ने थियो । अन्तर्राष्ट्रिय उडानका लागि काठमाडौं नै धाउनुपर्ने बाध्यताबाट पनि मुक्ति मिल्ने थियो ।

–सम्पादकीय

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Wordpress Social Share Plugin powered by Ultimatelysocial
0
Would love your thoughts, please comment.x
()
x