Skip to content

मुस्ताङ घुम्ने आन्तरिक पर्यटकको संख्यामा बृद्धि

म्याग्दी । असोज र कात्तिक महिनामा मुस्ताङ घुम्ने पर्यटकको संख्या एक लाख ७३ हजार पुगेको छ । मुस्ताङ घुम्ने पर्यटक बाह्य भन्दा स्वदेशी बढी रहेक छन् । एक लाख ४४ हजार १५५ जना स्वदेशी र २८ हजार ९७६ जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । असोज महिनामा ५९ हजार ८३१ र कात्तिकमा एक लाख १३ हजार ३ सय जना पर्यटक हवाई तथा स्थलमार्ग भएर मुस्ताङ भित्रिएका छन् ।

प्रहरीले घाँसामा सडकमार्ग र जोमसोम विमानस्थलको चेक पोष्टमा हवाईमार्गबाट भित्रनेको अभिलेख राख्ने गरेको छ । असोजमा बेनी–जोमसोम सडक भएर ५७ हजार ९८२ र पोखरा–जोमसोम हवाईमार्गबाट एक हजार ८४९ जना मुस्ताङ भित्रिएका कार्याल्यका सूचना अधिकारी तथा प्रहरी निरीक्षक विशाल अधिकारीले जानकारी दिए । कात्तिकमा सडकबाट एक लाख ११ हजार ६५५ र हवाईमार्गबाट एक हजार ६४५ जना पर्यटक मुस्ताङ पुगेका प्रहरीको तथ्यांक छ । दसैँतिहार पर्व र बिदाको अवसर पारेर मुस्ताङ घुम्न आउनेहरूको संख्या अन्य महिनाको तुलनामा असोज र कात्तिकमा धेरै हुन्छ ।

मुस्ताङ भित्रने विदेशी पर्यटकमध्ये भारतीय धेरै छन् । उजाड पहाड, हिमाली हावापानी, संस्कृति र जीवनशैली, ताल, गुम्बा, मुक्तिनाथ मन्दिर, गुफा मुस्ताङका आकर्षण हुन् । मुक्तिनाथ, जोमसोम, कागबेनी, लोमान्थाङ, मार्फा, ठिनी, धुम्बा ताललगायत मुस्ताङमा धार्मिक र पर्यटकीयस्थल रहेका छन् । म्याग्दी हुँदै सडकमार्ग, मुस्ताङको थोराङ्ला भञ्ज्याङ हुँदै पैदलमार्ग र पोखराबाट हवाईमार्ग भएर पर्यटक यहाँ पुग्छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Wordpress Social Share Plugin powered by Ultimatelysocial
0
Would love your thoughts, please comment.x
()
x