पोखरा । पोखरा महानगरपालिकामा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिले विशेष नगर सभा बोलाउन माग गरेका छन् । महानगरको संस्थागत सुशासन र विधिको शासन कायम गर्न वान्छनीय भएको र तत्काल नगर सभा सञ्चालन रहेकोले र विभिन्न प्रस्तावमा छलफल गरी निर्णय गर्नुपर्ने भएको भन्दै एमालेबाट निर्वाचित ८७ जनप्रतिनिधिले विशेष अधिवेशनको माग गरेका हुन् । नगर सभामा १ सय ७० जना सदस्य छन् ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १९ को उपदफा ३ एवम् पोखरा महानगर नगर सभा सञ्चालन कार्यविधि २०७४ को दफा ३ उपदफा ३ बमोजिम एमालेले विशेष नगर सभा आह्वान गर्न माग गरेको हो ।