Skip to content

जैमिनीधामको संरक्षणमा प्रदेश सरकारको चाँसो

पोखरा ।

जैमिनीधामको संरक्षणमा गण्डकी प्रदेश सरकारले चाँसो देखाएको छ । गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले निरिक्षण गरेका छन् । जैमिनी नगरपालिका–१ जैमिनीधाम पवित्र कालीगण्डकीको तटीय क्षेत्रमा अवस्थित छ । जैमिनी ऋषिले तपस्या गरेको गुफा र जैमिनीधामलाई संरक्षण, पूर्वाधार निर्माण र प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धन गर्न आवश्यक रहेको मन्त्री थापाले बताएका छन् ।

“कालीगण्डकीकै छेउछाउमा रहेको र प्राचीनकालमा जैमिनी ऋषिले तपस्या गरेको तपोभूमिका रुपमा चासो र चर्चा पाएको जैमिनी धामको संरक्षणमा लाग्नुपर्ने आवश्यकता देख्छु । स्थानीय तहसँग मिलेर जैमिनीधामको संरक्षण र प्रचारप्रसारमा काम गर्न प्रदेश सरकार तयार छ,” उनले भने । वेदव्यास पुत्र जैमिनी ऋषिले योग साधना र तपस्या गरेको उक्त स्थलको धार्मिक पर्यटकीय महत्वलाई उजागर गर्न प्रदेश सरकार अगाडि बढ्ने उनले बताए ।

“राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको कालीगण्डकी करिडोरले गति पाएको छ । राजमार्गमा गुड्ने सवारीसाधनमा हिँडेका पर्यटकलाई जैमिनीधामको ऐतिहासिक महत्व बुझाउन र धार्मिक पर्यटनको बढ्वा दिन आवश्यक छ,” उनले भने । जैमिनी क्षेत्रको पर्यटकीय महत्वलाई उजागर गर्न प्रदेश सरकारले पहल गरिरहेको अवस्थामा यसको प्रवर्द्धन र विकासलाई पर्यटनसम्बद्ध सङ्घसंस्था र स्थानीयले जोड दिएको पाउँदा खुशी लागेको भनाई उनको छ ।

मन्त्री थापाले पोखरा पर्यटनको राजधानी घोषणा भइसकेका अवस्थामा आसपासका गन्तव्यलाई समेट्नु जरुरी रहेको उल्लेख गरे । यस विषयमा प्रदेश सरकार सचेत रहेको र सोहि अनुसारको कार्यक्रम बनाइने प्रतिबद्धता उनको छ । पर्यटन प्रवर्द्धनका लागि स्थानीयमा देखिएको जागरुकताको मन्त्री थापाले प्रशंसा गरेका छन् । धार्मिक एवं पर्यटकीयस्थलको उपयोगका लागि सामूहिक प्रयास आवश्यक भएको हुँदा सोहि बमोजिम अगाडि बढ्न उनको अनुरोध छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Wordpress Social Share Plugin powered by Ultimatelysocial
0
Would love your thoughts, please comment.x
()
x