Skip to content

काठमाडौँबाट भैरहवा उडेको विमान पोखरामा अवतरण

काठमाडौँ । काठमाडौँबाट भैरहवातर्फ प्रस्थान गरेको बुद्ध एयरको विमान खराब मौसमका कारण पोखरा ‘डाइभर्ट’ भएको छ ।

९ एन–एएनपी विमान भैरहवाको आकाशमा तीन फन्को मारेर अनुकूल मौसमको प्रतीक्षामा रहे पनि तत्काल मौसम खुल्ने सम्भावना नभएपछि पोखरातर्फ ‘डाइभर्ट’ भएको हो ।

बिहानभरि पोखराको ‘भिजिबिलिटी’ कम हुँदा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रोकिएका रवि लामिछानेलाई रुपन्देही ल्याउन हिँडेको प्रहरी टोली अझै पोखरामै अड्किएको छ ।

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिबिलिटी नहुँदा रविसहित प्रहरी टोली अझै पोखरामा अड्किएको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Wordpress Social Share Plugin powered by Ultimatelysocial
0
Would love your thoughts, please comment.x
()
x