पोखरा ।
नेपाल प्रिमियर लिग (एनपीएल) टोली लुम्बिनी लायन्सले नेपाली सिनेमाका महानायक राजेश हमाललाई आफ्नो ब्रान्ड एम्बासडर घोषणा गरेको छ ।
ब्रान्ड एम्बासडरको रुपमा नियुक्त भएपछि हमालले समग्र क्रिकेट खेललाई नै प्रवद्र्धन गर्ने प्रतिवद्धता जनाएका छन् । ‘म यो सहकार्यमार्फत लुम्बिनी लायन्स तथा नेपाली क्रिकेटको प्रवद्र्धनमा आफ्नो योगदान दिन पाउँदा अत्यन्त उत्साहित छु,’ उनले भने ।
नेपाली चलचित्र उद्योगमा दशकौँ लामो योगदान दिएका हमाल पर्दामा आफ्नो शक्तिशाली डाइलग डेलिभरी तथा एक्सनले चर्चित छन् भने पर्दा बाहिर पनि आफ्नो बौद्धिकता र व्यक्तित्वले चिरपरिचित छन् । नेपाली चलचित्रको क्षेत्रमा उनको असाधारण योगदानले उनलाई ‘महानायक’ को रुपमा पनि चिनिन्छ । एनपीएल आगामी १५ मंसिरदेखि ६ पुषसम्म चल्नेछ ।