काठमाडौं ।
नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार शुक्रबारको तुलनामा शनिबार अमेरिकी डलर र युरोको भाउ बढेको छ।
शुक्रबार अमेरिकी डलर एकको खरिदर १३४ रुपैयाँ ७० पैसा र बिक्रीदर १३५ रुपैयाँ ३० पैसा रहेकामा शनिबारका लागि यस मुद्राको खरिदर १३४ रुपैयाँ ७१ पैसा र बिक्रीदर १३५ रुपैयाँ ३१ पैसा कायम भएको छ।
यसैगरी, शनिबारका लागि युरो (युरोपियन युरो) एकको खरिदर १४५ रुपैयाँ ४२ पैसा र बिक्रीदर १४६ रुपैयाँ ०७ पैसा कायम भएको छ। शुक्रबारका लागि यस मुद्राको खरिददर एकको १४४ रुपैयाँ ९४ पैसा र बिक्रीदर १४५ रुपैयाँ ५९ पैसा थियो।
त्यस्तै, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७४ रुपैयाँ ७७ पैसा र बिक्रीदर एक सय ७५ रुपैयाँ ५४ पैसा रहेको छ। स्विस फ्र्याङ्क एकको खरिदर एक सय ५४ रुपैयाँ ७८ पैसा र बिक्रीदर एक सय ५५ रुपैयाँ ४७ पैसा रहेको छ।
अष्ट्रेलियन डलर एकको खरिदर ८९ रुपैयाँ ४७ पैसा र बिक्रीदर ८९ रुपैयाँ ८७ पैसा कायम भएको राष्ट्र बैंकले जनाएको छ। क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ०२ पैसा र बिक्रीदर ९७ रुपैयाँ ४५ पैसा रहेको छ।