पोखरा
सर्वोच्च अदालतले गण्डकी प्रदेश सभा सदस्य एवं पूर्वमन्त्री दीपक मनाङेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको छ ।
न्यायाधीश नहकुल सुवेदी र टेकप्रसाद ढुङ्गानाको सयुक्त इजलासले मनाङेलाई ज्यान मार्ने उद्योगमा यसअघि उच्च अदालत पाटनबाट भएको फैसला सदर गरेको छ ।
उच्च अदालत पाटनले ज्यान मार्ने उद्योगमा मनाङेलाई ५ वर्ष कैदको फैसला सुनाएको थियो । सर्वोच्चले पनि पाँच वर्ष कैदको फैसला सदर गरेको हो ।