Skip to content

गण्डकी प्रदेश प्रहरीद्धारा अनुसन्धानमा खटिने कुकुरको पूजा (१० तस्विरहरु)

पोखरा ।
तिहार अर्थात यमपञ्चकको दोस्रो दिन आज बिहीबार इमानदारीपूर्वक कुकुरको पूजा गरी मीठो खानेकुरा खान दिएर मनाइएको छ ।

कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रूपमा मूलढोकामा बस्ने श्याम र सबल नाम गरेका कुकुरले सहजरूपमा बाटो छोडिदिने धार्मिक विश्वास छ ।

नेपाल प्रहरी गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा लागू औषध, अपराधीको खोजी र विपद् व्यवस्थापनसम्बन्धी काम गर्ने कुकुरहरू छन् । कुकुरलाई टीका र माला लगाइ दिएपछि मीठा परिकार दिएर पूजा गरी कुकुर तिहार मनाइएको थियो । कार्यक्रममा कुकुरबाट विभिन्न कला प्रस्तुत गरेको थियो ।

प्रहरीले प्रत्येक वर्ष यसरी नै कुकुर तिहार मनाउँदै आएको छ । कला प्रदर्शन तथा प्रतियोगितामा भाग लिई पहिलो, दोस्रो स्थान हासिल गर्ने कुकुरलाई पदक फूलमाला लगाई सम्मान गरेको थियो ।

तस्विरहरु :

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Wordpress Social Share Plugin powered by Ultimatelysocial
0
Would love your thoughts, please comment.x
()
x