पोखरा
पुर्ब गृहमन्त्री रबि लामिछानेको हिरासतमा राखेर अनुसन्धान गर्न दिइएको म्याद आजबाट सकिएको छ ।
गत बिहीबार कास्की जिल्ला अदालतले उनीमाथिको अनुसन्धानका लागि थप ७ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको थियो ।
प्रहरीले लामिछानेलाई कात्तिक १४ गतेसम्म हिरासतमा राख्न अनुमति पाएको थियो ।
तर, (आज) कात्तिक १५ गते देखि तिहार बिदा सुरु हुने भएकाले उनलाई सात दिने म्याद सकिएलगत्तै प्रहरीले अदालतमा उपस्थित गराउन नमिल्ने भएको छ । उनको तिहार हिरासतमै बित्ने भएको छ ।
तिहार बिदापछि कात्तिक २० गतेमात्र सरकारी कार्यालय खुल्ने छ । त्यसैले प्रहरीले रविलाई कात्तिक २० मा मात्र अदालतमा उपस्थित गराउने छ ।
त्यतिबेला फेरि रविको म्याद थप गर्ने कि नगर्ने भन्नेबारे अदालतमा बहस हुने छ । त्यतिबेला अदालतले तिहार बिदासमेत गणना हुने गरी म्याद थपबारे निर्णय गर्नेछ ।