Skip to content

गण्डकीका मुख्यमन्त्रीको सम्पत्ति विवरण सार्वजनिक

पोखरा ।
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरुको सम्पति विवरण सार्वजनिक भएको छ । कात्तिक १२ गते सोमबार बसेको मन्त्रिपरिषद् बैकको निर्णय अनुसार उनीहरुको सम्पति विवरण सार्वजनिक गरिएको हो । भ्रष्टाचार निवारण ऐन र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनले मन्त्रीहहरुको सम्पति विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था गरेको छ ।

गण्डकी प्रदेश सरकारले आफैले आचारसंहिता बनाएर मन्त्रिपरिषदका सदस्यले नियुक्त भएको ६० दिनभित्र सम्पति विवरण सार्वजनिक गर्नुपर्ने प्रावधान राखेको थियो । जसमा जेठ १६ मा नियुक्त मुख्यमन्त्रीसहित मन्त्रीहरु, भदौ १७ मा नियुक्त एमालेका मन्त्री अनि पछिल्लो पटक कात्तिक ५ गते वन मन्त्रीमा नियुक्त भेषबहादुर पौडेल समेतको सम्पति विवरण समावेश गरिएको छ । गण्डकीका मुख्यमन्त्रीसहित प्राय सबै मन्त्री धनी देखिएका छन् ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गोरखा, काठमाडौं, कपिलवस्तु र भक्तपुरमा पैतृक घरजग्गा रहेको उल्लेख गरेका छन् । गोरखाको पालुङटार नगरपालिका वडा नम्बर १ मा ४ कित्तामा जग्गा कपिलवस्तुमा २ कित्ता र भक्तपुरको सूर्यविनायक नगरपालिकामा ५ कित्तामा मोहीबाट कमोद भएको सगोलको जग्गा रहेको पाण्डेले विवरणमा खुलाएका छन् । अघिल्लो कार्यकालमा भन्दा यसपालि ३ तोला सुन बढाएर अहिले ४५ तोला सुन र ७ सय तोला चाँदी रहेको उल्लेख गरेका छन् ।

२ सेट हिरा र १ सेट मोती समेत रहेको जनाएका छन् । दियालो फुडल्याण्ड प्रालिमा ६१ हजार १ सय, बैंक तथा वित्तीय संस्थामा ५ हजार कित्ता शेयर रहेको र श्रीमती विनाका नाममा विभिन्न बैंक तथा वित्तीय संस्थामा ५ हजार, छोरा सुयोग्यको नाममा ४ हजार कित्ता शेयर रहेको विवरणमा खुलाइएको छ ।

छोरा सुयोग्यराज पाण्डेको ग्लोबल आइएमई बैंकमा ४ लाख ७८ हजार बैंक मौज्दात छ । यसअघि उनले छोरा सुयोग्गराजको नाममा बैंकमा १ लाख ५६ हजार मौज्दात देखाएका छन् । पाण्डेले आफूसँग टिभी २ वटा, फ्रिज २ वटा, वासिङ मेसिन, माइक्रोओभन, किचनसहित पूर्ण फर्निसिङ घर रहेको उल्लेख गरेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Wordpress Social Share Plugin powered by Ultimatelysocial
0
Would love your thoughts, please comment.x
()
x