पोखरा ।
नेकपा एकीकृत समाजवादी पार्टी अध्यक्ष माधवकुमार नेपालले आगामी मंसिर १६ गते हुने उप निर्वाचन एक्लै लड्ने बताएका छन् ।
समाजवादी प्रेस संगठन नेपाल कास्कीद्वारा सोमबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले नेपालले दल दर्ता देखि उम्मेदवार छनोट प्रक्रिया अघि बढेको जानकारी दिए । केही ठाउँको लागि उम्मेदवारी छनोट प्रक्रिया भएको उनले सुनाए ।
सरकारले दुई दलीय व्यवस्थाका लागि अध्यादेश ल्याउन लागेको बताएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस–एमालेको फाइदाका लागि अध्यादेश ल्याउन लागेको भन्दै कांग्रेसलाई भ्रममा राख्दै एमाले बलियो बनाउन लागेको बताएका छन् ।
नेपालको राजनीति र नेपालको मौसम उस्ताउस्तै रहेको भन्दै पूर्वानुमान गर्नै नसकिने उनले व्यंग्य गरे । नेपालले अहिलेको सरकार काम गर्नेभन्दा पनि बोल्ने मात्र रहेको टिप्पणी गरे । जनताको पीडा सम्बोधन र समाधानमा सरकार इमान्दारीका साथ नलागेको उनको आरोप छ ।