पोखरा । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले वन तथा वातावरण मन्त्रालयमा लमजुङका भेषबहादुर पौडेललाई नियुक्त गरेको छन् । लामो समयदेखि खाली रहेको मन्त्रालयमा पौडेललाई नियुक्त गरेका हुन् ।
यो सँगै गण्डकी सरकारले पूर्णता पाएको छ ।
भौतिक मन्त्रालयबाट राजीव गुरुङ उर्फ दिपक मनाङेलाई वन मन्त्रालयको जिम्मेवारीमा सारेपछि उनले तत्कालै राजीनामा दिएका थिए । भागबन्डा मिलाउन ७ बाट मन्त्रालय फुटाएर ९ बनाएपछि कांग्रेसको भागमा परेको ५ मन्त्रालयभित्रबाट भदौ १७ गते मुख्यमन्त्री पाण्डेले मनाङेलाई मन्त्रीमा निरन्तरता दिएका थिए ।