पोखरा ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परेपछि कार्यकर्ताले पोखरामा विरोध प्रर्दशनको तयारी गरेका छन् । राष्ट्रिय मानव अधिकार चोकमा कार्यकर्ता जम्मा भएका छन् ।
पूर्व गृहमन्त्री समेत रहेका रवि लामिछाने अहिले कास्की प्रहरीको हिरासतमा छन् । उनलाई आज बिहानपख पोखरा ल्याइएको हो । लामिछानेलेलाई आज (शनिबार) सार्वजनिक बिदा परेका कारण भोलि (आइतबार) मात्रै अदालतमा उपस्थित गराइने जनाइएको छ ।
तस्विर: दिपक अधिकारी