Skip to content

दुबईमा बाग्लुङका कृष्ण विश्वकर्मा अलपत्र, उद्दारको लागि अपिल

सुरेशराज अधिकारी÷पोखरा

करिब ३ महिना अघि वैदेशिक रोजगारीका लागि बाग्लुङ काठेखोला–५ का कृष्णबहादुर विक दुबई गए । दुबईमा गएको केही दिनमा उनले एक निर्माण कम्पनीमा इलोक्ट्रोसियनमा काम पाए । उनलाई मासिक तलब एक हजार ( दिराम) दिने भनिएपनि ९ सय मात्र पाउथे ।

करिब ४०÷४५ दिन काम गरेपछी उनको शरिरमा समस्या आउन थाल्यो । काम गर्ने क्रममा सामान उठाउँदा उनको खुटामा आवाज आउन थाल्यो । खुट्टामा समस्या देखिन थालेपछि उनी काममा जान सकेनन् । काम नगरेपछि उनको तलब बन्द भयो । कम्पनीको व्यक्तिहरुले बीचबीचमा उनलाई अस्पताल लगेपनि उनको दुखाइ भने ज्यूँको त्यु नै रह्यो ।

दुबईमा भनेजस्तो उपचार नपाएपछि उनी नेपाल आउन चाहान्छन् । तर उनी नेपाल आउन पाएका छैनन् । नेपाल फर्काइदिने भन्दै उनले कम्पनीमा आग्रह गरेपनि उचित वातावरण नमिलेको कुरा उनले निदान मिडियालाई पठाएको भिडियोमा व्यक्त गरेका छन् ।

उनी तीन महिना अघि नमस्ते नेपाल मेनपावर प्रालिको पोखरा शाखाबाट दुबई गएका थिए । उनलाई नेपाल फर्काउनको लागि कम्पनीले ४ हजार ५ सय (दिराम) मागेको छ । उक्त रकम समेत तिर्न नसक्ने अवस्था आएपछि उनले सामाजिक सञ्जालमार्फत नेपाल फर्काइदिन गुहारेका हुन् ।

नमस्ते नेपाल मेनपावर प्रालिको पोखरा शाखाकी सञ्चालक निकिता पुरीले कम्पनीलाई ४ हजार ५ सय (दिराम) तिनुपर्ने बताइन् । उनले कामदारमा कम्पनीको लगानी भएको कारण सोही चार्ज मागेको धारणा राखिन । श्रम स्वीकृति लिएको कारण नेपाल सरकारले पनि आर्थिक सहयोग गर्ने उनले सुनाइन ।

 

 

2 1 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Wordpress Social Share Plugin powered by Ultimatelysocial
0
Would love your thoughts, please comment.x
()
x