Skip to content

घान्द्रुक जाने सडक साढे दुई महिनापछि खुल्यो

पोखरा ।

कास्कीको अन्नपूर्ण गाउँपालिकास्थित पर्यटकीय गाउँ घान्द्रुक जाने सडक दुई महिनापछि सञ्चालनमा आएको छ । गत असारमा परेको अविरल वर्षाले नयाँपुल–बिरेठाँटी–घान्द्रुक सडकखण्डअन्तर्गत अन्नपूर्ण १०, किलुमा सडक भासिएको थियो । सडक भासिएपछि आवतजावतमा निकै कठिनाइ भएको थियो । अहिले उक्त सडक सञ्चालनमा आएको छ ।

गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय मातहतको पूर्वाधार विकास कार्यालय कास्कीको आर्थिक सहयोगमा सडक मर्मत सम्भारको काम भएको हो । कार्यालय प्रमुख सोभियत खड्काले २५ लाख रूपैयाँ कार्यालयको र दुई लाख २५ हजार रूपैयाँ स्थानीय जनश्रमदानबाट गरेर २७ लाख २५ हजार रूपैयाँ लगानी गरेर सडक मर्मत गरिएको बताए ।

सडकको बीचको भाग भासिँदा एकतिरको गाडी अर्कोतिर जान नसक्ने समस्या थियो । घान्द्रुक जाँदा आधा बाटोसम्म एउटा गाडीमा जाने र त्यसपछि पारिपट्टि रहेको गाडी प्रयोग गर्नुपर्ने बाध्यता थियो । भीरबाट ग्याबिन जालीसहित पर्खाल लगाएर सडक मर्मत गरिएको छ ।

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले घान्द्रुक जाने सडक लामो समयपछि खोल्न सफल भएकोमा खुसी व्यक्त गरे । उनले पूर्वाधार विकास कार्यालय कास्कीको टोलीसँगको भेटमा कार्यालय, स्थानीय जनप्रतिनिधि, उपभोक्ता समितिलाई बाटो खुलाएकोमा धन्यवाद दिए । मन्त्री केसीले आफूले समस्यामा रहेका अन्य सडकखण्डको पनि पहिचान गरिरहेको र पहिचानपछि समस्या समाधान गर्ने उपाय खोज्ने बताए । चाडपर्वको समयमा आवागमनमा समस्या नहोस् भनेर आफूले चासो दिएको मन्त्री केसीले सुनाए ।

3 2 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Wordpress Social Share Plugin powered by Ultimatelysocial
0
Would love your thoughts, please comment.x
()
x