पोखरा
विरोध हुने थाहा भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले न्युयोर्कमा आफ्ना कार्यक्रम स्थगित गरेका छन् ।
नेपाली समुदायबाटै विरोधको तयारी गरिएपछि अमेरिकामा प्रधानमन्त्री ओलीको वृहत अन्तरक्रिया कार्यक्रम स्थगित गरिएको हो ।
न्यूयोर्कस्थित नेपाली महावाणिज्यदूतावासले समारोह स्थलको सुरक्षा संवेदनशीलताबारे सम्बन्धित निकायको सुझावलाई ध्यानमा राखी आज आयोजना हुने बृहत कार्यक्रम स्थगन गरिएको सूचना दिएको छ ।
आयोजकको तर्फबाट महावाणिज्यदूतावासले दुःख व्यक्त गरेको छ । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका छन् ।