Skip to content

सोमबार (आज) अदालतबाट जोशीको म्याद थपिने

पोखरा ।

विभिन्न सहकारीबाट गोर्खा मिडिया प्रालिमा गएको रकम अपचलन गरेको अभियोगमा पक्राउ परेका नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशीलाई अहिले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएको छ ।

जोशीलाई हवाई जहाजबाट आइतबार बेलुकी पोखरा ल्याइएको हो । उनलाई सोमबार (आज)  जिल्ला अदालत कास्कीमा उपस्थित गराइने कास्की प्रहरीले जनाएको छ ।

६५ करोड भन्दा धेरै सहकारीको रकम गोर्खा मिडियाबाट अपचलन गरिएको अभियोगमा पूर्व सञ्चालक जोशीलाई प्रहरीले आइतबार दिउँसो काठमाडौंबाट पक्राउ गरेको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Wordpress Social Share Plugin powered by Ultimatelysocial
0
Would love your thoughts, please comment.x
()
x