Skip to content

श्रीलंकामा जनआन्दोलनपछि पहिलोपटक राष्ट्रपतिको चुनाव

एजेन्सी ।

श्रीलंकामा सन् २०२२ मा भएको जनआन्दोलनपछि आज पहिलोपटक राष्ट्रपतिको चुनाव भइरहेको छ। आन्दोलनमा देशको इतिहासकै सबैभन्दा ठूलो आर्थिक संकटका कारण तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्ष सत्ताच्यूत भएका थिए थियो ।

यो चुनावलाई आर्थिक सुधारका कार्यक्रमहरुमाथि जनमतको रूपमा हेरिएको छ, जसले देशलाई स्थायित्वतर्फ लैजानुपर्ने अपेक्षा गरिएको छ ।
राजापाक्षको पलायनपछि सत्ता सम्हालेका हालका राष्ट्रपति रनिल विक्रमासिंघे चुनावी मैदानमा छन्। अर्थतन्त्र स्थिर बनाएको श्रेय पाएका विक्रामासिंघेमाथि आन्दोलन दबाउन कठोर कदम चालेको र राजापाक्ष परिवारलाई संरक्षण दिएको आरोप छ ।

उनको प्रमुख प्रतिस्पर्धीमा वामपन्थी नेता अनुरा कुमारा दासानायके र विपक्षी नेता सजीथ प्रेमदासा छन्। अपदस्थ राष्ट्रपति राजापाक्षका भतिज नमल राजापाक्ष पनि प्रमुख उम्मेदवार छन् ।

अहिले श्रीलंकामा केही आर्थिक सुधार देखिएको छ तर धेरै श्रीलंकाली अझै पनि महँगी, बेरोजगारी र अत्यावश्यक सामग्री अभावसँग जुधिरहेका छन् । मतगणना साँझ नै शुरु हुने र नतिजा आइतबार बिहानसम्म नतिजा आइसक्ने अपेक्षा गरिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Wordpress Social Share Plugin powered by Ultimatelysocial
0
Would love your thoughts, please comment.x
()
x