निदान मिडिया ।
कास्की प्रहरीले लागूऔषध कारोबार गरेको अभियोगमा पूर्व सांसदसमेत रहेका मेडिकल व्यवसायी डा. ढाकाकुमार श्रेष्ठलाई पक्राउ गरेको छ ।
बागलुङ बसपार्कबाट रोल्पा त्रिवेणी गापा वडा नं ७ स्थायी घर भई हाल पोखरा महानगरपालिका ४ नालामुख बस्ने वर्ष ४२ को प्रकाश थापा मगरलाई लागु औषध बिक्री गरेको आरोपपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । साउन ३ गते पक्राउ परेका प्रकाशलाई ७ चक्की लागु औषधसहित पक्राउ गरी प्रहरीले अनुसन्धान गरिरहेको छ । अनुसन्धानकै क्रममा प्रकाश थापामगरले उक्त लागु औषध पृथ्वीचोक स्थित दिया फार्मेसीबाट खरिद गरी ल्याएको बयान दिएका थिए ।
कास्की जिल्ला अदालतबाट अनुमति लिई डा. श्रेष्ठलाई पक्राउ गरिएको कास्कीका प्रहरीले जनाएको छ ।