Skip to content

असोज १३ देखि दसैँका लागि सुकिला नोट

निदान मिडिया ।

नेपाल राष्ट्र बैंकले दसैँमा नयाँ नोट खोज्नेलाई मध्यनजर गर्दै असोज १३ गतेदेखि असोज २२ गतेसम्म सुकिला नोट वितरण गरिने भएको छ । दसैँमा माग हुने साना दरका नोट सटहीका लागि राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग, बैङ्किङ विभाग र प्रदेशस्थित कार्यालयबाट सुकिला नोट सटही गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

प्रदेश कार्यालय विराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढीबाट सुकिला नोट सटही गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । साथै बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयबाट समेत सुकिला नोट सटही गर्ने व्यवस्था मिलाइएको छ । ग्राहकले आफ्नो खाता रहेको बैंक वा पायक पर्ने नजिकको बैंक तथा वित्तीय संस्था वा नेपाल राष्ट्र बैंकमा गई नोट सटही गर्न सक्ने राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।

डिजिटल कारोबारलाई प्रोत्साहन गर्न र नोट छपाइ खर्च कम गर्ने यस्तो निर्णय गरे को राष्ट्र बैंकले जनाएको छ । पुराना सुकिला नोट सटही गरिदिने तर नयाँ नोट नदिने तयारी गरिरहेको राष्ट्र बैंकले नयाँ नोट आवश्यक हुनेलाई बजारबाट फिर्ता आएकामध्येबाट सुकिला नोट दसैँ मा दिने जनाएको हो । दसैँ मा साना तथा ठुला दरका नोट आवश्यक हुनेलाई एक वर्षअघि बजारमा पठाएर फिर्ता आएका सुकिला नोट बैंकमार्फत सटही व्यवस्था मिलाइने बताइएको छ ।

ठुलो लागत लगाएर छापेका नयाँ नोट दसैँ मा धेरै फोहोर हुने र त्यसको आयुसमेत घट्ने गरे को कुरालाई पनि मध्यनजर गर्दै दसैँ मा नयाँभन्दा पनि सुकिला नोट दिने तयारी गरेको राष्ट्र बैंकले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Wordpress Social Share Plugin powered by Ultimatelysocial
0
Would love your thoughts, please comment.x
()
x