कलाकार हेमन्त शर्माको लोक गित ‘नम्बरी सुन होनि म त’ बोलको गित सार्वजनिक भएको छ । आफ्नै युटुब च्यानलबाट प्रशारण भएको गित मंलबार देखी नै टिकटकमा रुचाइएको छ । उक्त गित बुधबार बिहान मात्र सार्वजनिक भएको छ ।
गितलाई राम्रो बनाउन टिमले सक्दो मेहनत गरेको बताउदै दर्शकको मायाको आश गरेको बताए । उनले यस अघिका गितमा दर्शको माया र समर्थबाट हौसला बढ्दै गएको जानकारी दिए ।
हेमन्त शर्माकै लय शब्द रहेको गित गायिका शान्ती श्री परियार र शर्माको नै स्वर रहेको छ । सङ्गीत संयोजन कृष्ण बिश्वकर्मा, मिक्सिङ्ग मास्टरिङ श्यामस्वेत रसाइलीले गरेका छन् ।
गितलाइ नुवाकोट जिल्ला आसपासमा सुटिङ गरिएको गितमा शर्मा संगै डोना थापा मगर, जुना बिस्वकर्मा र आरोन थापा मगर ले अभिनय रहेको छ ।
अतिथी कलाकारमा नर्वेकी वोडा स्टिनलाई पनि देख्न सकिन्छ । गितलाइ निर्देशक तथा कोरियोग्राफर मौसम हिमालिले निर्देशन गरेका छन् । भिडियोलाइ बुद्ध थापा मगरले क्यामेरामा कैद गरेको गित अमृत चापागाईंले सम्पादन तथा रङ संयोजन गरेका छन् ।
हेमन्त शर्माका आउथ्यो दशै, धर्ती माथी जुन, उता परेली झिम झिम भो, एक जुनि हैन, तिमी बाहेक मेरो, माया त यस्तोहोस, बन मार्यो बन माराले, फुल हौ भने बसाइदेउ, थाप न थाप पसिनालगायत दर्जनौ गितहरु चर्चित छन् ।