बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम ९तरलता० धेरै भएपछि राष्ट्र बैंकले आज (बुधबार) फेरि ५० अर्ब रुपैयाँ बजार झिक्न लागेको छ ।
अधिक तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले २१ दिनका लागि उक्त रकम झिक्न लागेको जनाएको छ । यसका लागि आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आह्वान गरेको सूचनामा उल्लेख छ ।
बजारमा आवश्यकभन्दा धेरै पैसा ९तरलता० भएको भन्दै त्यसलाई कम गरेर ठिक्क बनाउन (व्यवस्थापन गर्न) राष्ट्र बैंकले आज उल्लिखित रकम झिक्न लागेको हो । करिब डेढ वर्षयता राष्ट्र बैंकले नियमित रुपमा सातामा दुई पटक आइतबार र बुधबार निक्षेप संकलन उपकरणमार्फत् बजारबाट पैसा झिक्दै आएको छ । सोही क्रममा आज फेरि झिक्न लागेको हो